·

होटल फरेष्ट इनको आईपीओ नेप्सेमा सूचीकृत

Author

NEPSE TRADING

होटल फरेष्ट इनको आईपीओ नेप्सेमा सूचीकृत
काठमाडौं – होटल फरेष्ट इन लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ।कुल २० लाख कित्ता शेयर कम्पनीको नेप्सेमा सूचीकृत गरिएको छ। तीमध्ये १६ लाख कित्ता संस्थापक समूहको र ४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको शेयर हो।प्रारम्भिक कारोबारका लागि नेप्सेले प्रति शेयर न्यूनतम ९० रुपैयाँ ६५ पैसा र अधिकतम २७१ रुपैयाँ ९५ पैसा मूल्य दायरा तोकेको छ। शेयर बिहीबारदेखि कारोबारमा आउनेछ।

Related News