·

होटल फरेष्ट इन लिमिटेडले एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्‍यो

Author

NEPSE TRADING

होटल फरेष्ट इन लिमिटेडले एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गर्‍यो

होटल फरेष्ट इन लिमिटेड (होलिडे इन रिसोर्ट, बुढानिलकण्ठ) ले आफ्नो शेयर रजिष्ट्रारका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ।

कम्पनीका अनुसार दुवै पक्षबीच शेयर रजिष्ट्रार नियुक्तिसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले कम्पनीका संस्थापक तथा सर्वसाधारणमा निष्कासन गरिएका साधारण शेयरसम्बन्धी सम्पूर्ण रजिष्ट्रार सेवा प्रदान गर्नेछ।

यस सेवाअन्तर्गत कम्पनीका शेयरहरू सिडिएस एण्ड क्लियरिङ लिमिटेड मा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा सूचीकृत गर्ने, बाँडफाँट भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार अभिलेख राख्ने, दाखिल–खारेज गर्ने तथा शेयरधनी लगत अद्यावधिक गर्ने लगायतका कार्यहरू समेटिनेछन्।

कम्पनीले उक्त सेवा २०८२ साल फागुन १० गते आइतबारदेखि थापाथलीस्थित ट्रेड टावर नेपालबाट सञ्चालन हुने जानकारी दिएको छ।

Related News