·

कालंगा हाइड्रो लिमिटेडको आईपीओ चैत १० देखि खुल्ने

Author

NEPSETRADING

कालंगा हाइड्रो लिमिटेडको आईपीओ चैत १० देखि खुल्ने
कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ, जसअन्तर्गत १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ। तीमध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाहरूलाई र बाँकी ४ लाख ९० हजार कित्ता अन्य प्रभावित क्षेत्रका स्थायी बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ। साथै सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाहरूका लागि आवेदन छिटोमा चैत २४ गते र ढिलोमा २०८३ वैशाख ९ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म खुला रहनेछ। CARE Ratings Nepal ले कम्पनीलाई CARE-NP Double B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी रहेको छ। यस आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक Sanima Capital Limited रहेको छ।

Related News