·

कामना सेवा विकास बैंक लिमिटेडको नाफा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

Author

NEPSE TRADING

कामना सेवा विकास बैंक लिमिटेडको नाफा बढ्यो, वितरणयोग्य मुनाफा घट्यो

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ, जब कि गत वर्ष यही अवधिमा ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र फि तथा कमिशन आम्दानीमा क्रमशः ११.१९ प्रतिशत र ९.१६ प्रतिशत वृद्धि तथा इम्पेरमेन्ट चार्ज घटेकाले नाफा बढ्न सहयोग पुगेको बैंकले जनाएको छ। यद्यपि, नाफा बढेपनि वितरणयोग्य मुनाफा भने २१.२५ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४.३५ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी २० रुपैयाँ ४३ पैसा पुगेको भए पनि वितरणयोग्य प्रतिशेयर आम्दानी घटेर १५ रुपैयाँ ३२ पैसामा सीमित भएको छ। बैंकको चुक्ता पूँजी ३ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँभन्दा बढी सञ्चित छ।

Related News