सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
Author
NEPSE TRADING

सोलु हाइड्रोपावर लिमिटेड ले पुस २९ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएकोमा, पहिलो चरणमा १ करोड कित्ता स्थानिय बासिन्दा र १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीका लागि ३ लाख कित्ता सुरक्षित गरी बाँकी ८२ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालबाट कम्पनीले आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ, जसले औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाको कुल लागत १६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी अनुमान गरिएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत सि-आसबामार्फत बैंक तथा वित्तीय संस्थाबाट वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।



