·

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ११० अर्ब रुपैयाँ निक्षेप संकलन

Author

NEPSE TRADING

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ११० अर्ब रुपैयाँ निक्षेप संकलन

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्दै बजारबाट रकम तान्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले आज फागुन १७ गते बैंकिङ प्रणालीबाट ११० अर्ब रुपैयाँ खिच्ने घोषणा गरेको हो, जसका लागि दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलमार्फत हुने तथा बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यस उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ८७ दिने अवधिको उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ जेठ १३ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

Related News