·
पाँच दिनको लगातार वृद्धिपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा करेक्सन, परिसूचक २४.४५ अंकले घट्यो
Author
NEPSETRADING

बुधबार नेपाली शेयर बजारमा करेक्सन देखिएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि लगातार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यस दिन अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा २४.४५ अंक घटेर २९३५.९४ विन्दुमा झरेको हो। बजार घटेपनि कारोबार रकम भने बढेको छ। मंगलबार १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३४५ स्टकको १ लाख ३८ हजार २५६ पटकको कारोबारमा १५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। यस दिन Reliance Spinning Mills Ltd., Super Khudi Hydropower Ltd., Solu Hydropower Ltd., Bhujung Hydropower Ltd. र Hotel Forest Inn Ltd. का शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भए भने Ngadi Group Power Ltd. कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो। १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढ्दा ११ उपसमूह घटेका छन्, जसले बजारमा सामान्य करेक्सन देखिएको संकेत गरेको छ।



