·

साताको पहिलो दिन नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

Author

NEPSETRADING

साताको पहिलो दिन नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेकस ०.४१ अंक, फ्लोट इण्डेक्स ०.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले बढेको छ। यद्यपि, कारोबार रकममा सामान्य गिरावट आएको छ। ३५० स्टकको १ लाख २४ हजार ४९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँबराबरको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।यस दिन दुई स्टक—सोलु हाइड्रोपावर र साल्पा विकास बैंक—सकारात्मक सर्किटमा कारोबार भएका छन्। होटल फरेष्ट इनको शेयर मूल्य करिब १० प्रतिशत र ग्रीनलाइफ हाइड्रोपावरको ९.५ प्रतिशतले बढेको छ। कारोबारमा आएको दरमखोला हाइड्रो इनर्जीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ, जसको ८१ करोड १ लाख २१ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। रिडी पावर कम्पनीको करिब ६८ करोड र नेशनल हाइड्रोपावर कम्पनीको साढे ६२ करोड रुपैयाँको कारोबार भएको छ। १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको घटेको छ। व्यापार उपसमूहको परिसूचक २.८३ प्रतिशतले सर्वाधिक बढेको छ, जबकि होटल तथा पर्यटन, लगानी, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य रूपमा घटेको छ।

Related News