नेप्से ५७ अंकले उकालो, सूचक २,७७२ विन्दुमा — कारोबार १३ अर्ब नाघ्यो
Author
NEPSE TRADING

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बिहीबार सामान्य सुधार देखिएको बजार यस दिन २ प्रतिशतभन्दा बढीले उकालो लागेको हो। आइतबार नेप्से परिसूचक ५७.५५ अंकले बढेर २,७७२.१७ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ८.०५ अंक, फ्लोट इण्डेक्स ३.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८२ अंकले वृद्धि गरेका छन्।
यस दिन बजारमा कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। कुल ३३१ स्टकको १ लाख ३३ हजार ५२९ पटकको कारोबारमार्फत १३ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको ३ करोड ९ लाखभन्दा धेरै कित्ता शेयर खरिदबिक्री भएको छ। यस क्रममा ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल वेयरहाउजिङ्गको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदै ४३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेकोमा होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.३५ प्रतिशतले उकालो लागेको छ।


