·

निर्वाचनपछि नेप्सेमा तीव्र उछाल, दोस्रो सर्किट ब्रेक लागेर कारोबार ४० मिनेट स्थगित

Author

NEPSE TRADING

निर्वाचनपछि नेप्सेमा तीव्र उछाल, दोस्रो सर्किट ब्रेक लागेर कारोबार ४० मिनेट स्थगित

निर्वाचनपछि भएको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीव्र उतारचढाव देखिएको छ। बजार खुलेको पहिलो मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि बिहान ११ बजेर २१ मिनेटमा पुनः खुलेको बजार तीव्र गतिमा बढ्दै ११ बजेर २१ मिनेट १५ सेकेन्डमै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार पुनः ४० मिनेटका लागि स्थगित गरिएको हो। सो अवधिसम्म नेप्से परिसूचक १३५.७२ अंकले बढेर २८४८.२२ विन्दुमा पुगेको छ। यस अवधिमा २४७ वटा स्टकको २ हजार ३०८ पटक कारोबार हुँदा कुल २८ करोड ५१ लाख २५ हजार रुपैयाँ बराबरको ५ लाख ३५ हजार कित्ता शेयर किनबेच भएको छ।

Related News