·

निर्वाचनपछि नेप्सेमा उछाल, ६ प्रतिशत बढेपछि तेस्रो सर्किट लाग्दै कारोबार बन्द

Author

NEPSE TRADING

निर्वाचनपछि नेप्सेमा उछाल, ६ प्रतिशत बढेपछि तेस्रो सर्किट लाग्दै कारोबार बन्द

निर्वाचनपछिको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ प्रतिशतले बढेपछि तेस्रो सर्किट ब्रेक लागेर आजका लागि शेयर कारोबार बन्द भएको छ। दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो र बजार १२ बजेर १ मिनेटमा पुनः खुलेको थियो। बजार खुलेलगत्तै तीव्र गतिमा बढ्ने क्रम जारी रहँदा १२ बजेर १ मिनेट ३८ सेकेन्डमा नेप्से परिसूचक ६ प्रतिशतले वृद्धि भई तेस्रो सर्किट ब्रेक लागेको हो। तेस्रो सर्किट ब्रेक लागेसँगै आजका लागि सम्पूर्ण शेयर कारोबार बन्द गरिएको छ।

Related News