·
सुनचाँदीको भाउमा गिरावट
Author
NEPSETRADING

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँ रहेको सुन आज घटेर ३ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले घट्दै ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



