·

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

Author

NEPSE trading

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले संस्थापक सेयरधनी निभा सैंजुको नाममा रहेको १६ हजार ८३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ २३ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ।

सेयर भाउ भने बिक्रेताले तोकेको बमोजिम हुने सूचनामा उल्लेख छ। उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ।

Related News