·
भन्सार विभागको तथ्याङ्क : आठ महिनामा आयात निर्यात दुबै घट्यो
Author
NEPSE trading
भन्सार विभागले चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको तथ्याङ्क प्रकाशित गरेको छ ।
जसअनुसार फागुन महिनासम्मको वैदेशिक व्यापारमा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.६६ प्रतिशतले घटेको छ भने निर्यात ३.९९ प्रतिशतले घटेको हो ।
फागुन महिनासम्ममा एक खर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । त्यस्तै, यस अवधिमा १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । यस अवधिमा नेपालले ९ खर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ ।