·

सिटिजन्स सदाबहार योजनाको इकाई खरिद अन्तिम म्याद असार २७

Author

Nepse trading

सिटिजन्स सदाबहार योजनाको इकाई खरिद अन्तिम म्याद असार २७

सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको सिटिजन्स सदाबहार योजना मा इकाई खरिदको अन्तिम म्याद असार २७ गते शुक्रबार साँझ ५ बजेसम्म तोकिएको छ। सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो योजना असार १३ गतेदेखि बिक्री खुला गरिएको हो।

न्यूनतम १०० इकाई (रु. १,०००) देखि अधिकतम ५० लाख इकाई (रु. ५ करोड) सम्म आवेदन दिन सकिनेछ। प्रति इकाई मूल्य रु. १० तोकिएको छ। यसमा एसआईपी (Systematic Investment Plan) मार्फत पनि लगानी गर्न सकिन्छ। अनुमानित वार्षिक प्रतिफल १५.१०% रहनेछ।

आवेदन मेरो शेयर खाता, सि–आस्वा सदस्य बैंक वा तिनका शाखाबाट दिन सकिनेछ। कम्पनीको रजिष्ट्रर कार्यालय डिल्लीबजारस्थित बाटुलेघरमा छ। सिटिजन्स बैंकका देशभरका शाखाबाट पोर्टफोलियो सेवा लिन सकिने व्यवस्था मिलाइएको छ।

Related News