·

नेपालका आर्थिक सुचक कस्ता छन ?

Author

NEPSE trading

नेपालका आर्थिक सुचक कस्ता छन ?

प्रमुख झलक

  1. वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।

  2. आयात २.७ प्रतिशत, निर्यात ४.० प्रतिशत र कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घटेकोछ ।

  3. विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.० प्रतिशतले र अमेरिकी डलरमा १८.८ प्रतिशतले बढेको छ ।

  4. शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडलेबचतमा रहेको छ ।

  5. कुल विदेशी विनिमय सञ्चिति रु.१८७२ अर्ब ८२ करोड र अमेरिकी डलरमा १४ अर्ब १४ करोड रहेको छ ।

  6. नेपाल सरकारको खर्च रु.८०१ अर्ब ५८ करोड र राजस्व परिचालन रु.६३९ अर्ब ५ करोड रहेको छ ।

  7. विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ ।

  8. बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.६ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.२ प्रतिशतले

  9. बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.२ प्रतिशत रहेको छ ।

(आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको तथ्याङ्कमा आधारित)

Related News