
1 min read
नेपाल सरकार को निर्णय: अब वैदेशिक रोजगारीको श्रम स्वीकृति आवेदन दिएको दिनमै
नेपाल सरकार ले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणाली अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति दिने निर्णय गरेको छ । दीपककुमार साह को उपस्थितिमा बसेको बैठकले श्रम स्वीकृतिलाई छिटो र सहज बनाउने, पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल बनाउने, सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने र न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले जनाएको छ । साथै श्रमिकको सुरक्षा, कार्यस्थल स्वास्थ्य तथा सुरक्षा सुधार, आन्तरिक रोजगारी सिर्जना र थप पाँच मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने विषयमा पनि सरकारको योजना रहेको छ ।
NEPSETRADING
·30 Mar, 2026


















