
1 min read
पाँच महिनामा ४ खर्ब ९ अर्ब राजश्व संकलन, घरजग्गा र शेयर कारोबार सुस्त हुँदा लक्ष्य भेट्न चुनौती
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजश्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको ७८.७४ प्रतिशत मात्र हो। गत वर्षको तुलनामा राजश्व १.६८ प्रतिशतले बढे पनि आयकर भने ८ प्रतिशतले घटेको छ। ब्याजदर घट्नु, घरजग्गा र शेयर बजारको कारोबार सुस्त हुनुका कारण पुँजीगत लाभकरमा कमी आएको अर्थ मन्त्रालयले जनाएको छ। आगामी दिनमा घरजग्गा कारोबार खुल्नु, शेयर बजारमा सुधार र निर्वाचन तथा पुनर्निर्माण खर्चले राजश्व वृद्धि हुने सरकारको विश्वास छ।
NEPSE TRADING
·30 Dec, 2025


















