विकास हाइड्रोपावरको वार्षिक साधारणसभा असोज १० गते
Author
NEPSE TRADING

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वार्षिक साधारणसभा असोज १० गते गर्ने भएको छ । साधारणसभा काठमाडौँको नयाँबजारस्थित सासा ब्यान्क्वेटमा आयोजना हुने कम्पनीले जनाएको छ ।
उक्त साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य वित्तीय विवरण पारित गरिनेछ । साथै, सर्वसाधारण समूहबाट ३ जना सञ्चालक नियुक्त गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ ।
कम्पनीले यसपालि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार भदौ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।