·
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको कामु सीईओमा अर्चना प्रधान नियुक्त
Author
NEPSE TRADING

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड को कामु प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन्। संस्थाका हालका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले पुस १७ गते दिएको राजीनामा माघ २ गतेदेखि लागू हुने गरी स्वीकृत भएको छ।
संस्थाको सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्दै माघ ४ गतेदेखि लागू हुने गरी सहायक महाप्रबन्धक प्रधानलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। कम्पनी सचिव शिवराज भण्डारीका अनुसार, सो निर्णयमार्फत संस्थाको व्यवस्थापन निरन्तरताका लागि प्रधानलाई कामु सीईओ नियुक्त गरिएको हो।


