घट्यो बैंकको ब्याजदर, २ बैंकले भने बढाए
Author
NEPSE trading
वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । जस अनुसार १९ वाणिज्य बैंकहरुमध्ये ९ बैंकहरुले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् । त्यस्तै, एनएमबी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नबिल बैंक, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएका छन् । एनआईसी एशिया बैंक,प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने बढाएका छन् ।
बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार वैशाख महिनाको तुलनामा औसदमा सामान्य घटेको देखिन्छ । वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा ७ दशमलव १४ प्रतिशत विन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले जेठ महिनामा औषतमा ७ दशमलव ०६ प्रतिशत विन्दुका दरले ब्याज दिने भएका छन् । यस्तै संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा शून्य दशमलव ०७ प्रतिशत विन्दुले घटेको छ ।