बुढानिलकण्ठ हेरिटेज लिमिटेडको सातौँ वार्षिक साधारण सभा कात्तिक २५ गते हुने
Author
NEPSE TRADING

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा (AGM) बस्ने मिति घोषणा गरेको छ। कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार साधारण सभा २०७२ साल कात्तिक २५ गते (आइतबार) का दिन बिहान ११:०० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, बुढानिलकण्ठ न.पा–१, काठमाडौंमा आयोजना हुने भएको छ।
साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको लेखा–परीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका विषयहरूमा छलफल र पारित गरिनेछ। साथै, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, आगामी वर्षका नीति तथा कार्यक्रम स्वीकृत गर्ने एजेन्डा पनि सभामा रहनेछन्।
त्यससँगै कम्पनीले आफ्ना नियमावलीका विभिन्न दफाहरू संशोधन गर्ने, नयाँ शेयर जारी गर्ने (IPO), पूँजी वृद्धि गर्ने, सञ्चालक समिति सदस्यहरूको निर्वाचन गर्ने लगायतका विशेष प्रस्तावहरू पनि सभामा पेस गर्ने जनाएको छ।
कम्पनीका अनुसार, कात्तिक १७ गतेदेखि शेयर दर्ता पुस्तिका बन्द हुनेछ। यस अवधिमा शेयर हस्तान्तरण वा नामसारीका लागि आवेदन स्वीकार गरिने छैन।