·

बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला

Author

NEPSE trading

बुंगल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला

बुंगल हाइड्रो लिमिटेडले आज भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले जारी पूँजी ८३ करोडको ३५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

यसअघि कम्पनीले पहिलो चरणमा ८ लाख ३० हजार कित्ता आयोजना प्रभावितका लागि र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसपछि १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

उक्त आईपीओमा १ लाख ७० हजार १ सय ५० जनाले न्यूनतम १०–१० कित्ताका दरले पाउनेछन्। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।

Related News