·

मन्त्रिपरिषद्को निर्णय: २ करोड ४२ लाख डलर अनुदान स्वीकार, युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारमा दूतावास परिचालन

Author

NEPSE TRADING

मन्त्रिपरिषद्को निर्णय: २ करोड ४२ लाख डलर अनुदान स्वीकार, युद्ध प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारमा दूतावास परिचालन
काठमाडौं । सरकारले २ करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको हो।सरकारका अनुसार हरित जलवायु कोष (Green Climate Fund) बाट संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) मार्फत प्राप्त हुने उक्त अनुदान नेपालका हिम नदी बेसिन क्षेत्रमा सञ्चालन हुने परियोजनाका लागि प्रयोग गरिनेछ। उक्त परियोजनामार्फत हिमताल विस्फोटनजन्य बाढी (GLOF) तथा बाढीबाट उत्पन्न जोखिम न्यूनीकरण गर्दै स्थानीय जनताको जीविकोपार्जन र सम्पत्तिको संरक्षण गर्ने लक्ष्य राखिएको छ।बैठकले युद्ध प्रभावित पश्चिम एसियाली मुलुकहरूमा रहेका तथा ट्रान्जिटमा अलपत्र परेका नेपाली नागरिकहरूको राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने निर्णय पनि गरेको छ। यसका लागि हाललाई नेपाली राजदूतावास रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, म्यानामा, मस्कट, इस्लामाबाद, कायरो र तेल अबिब तथा नेपाली महावाणिज्य दूतावास जेद्दा र दुबईलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।त्यसैगरी, गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ विद्रोहसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद्ले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

Related News