·
सेन्ट्रल फाइनान्सको १२,४२१ कित्ता संस्थापक शेयर बिक्रीमा, संस्थापकहरूलाई प्राथमिकता
Author
NEPSE TRADING

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेड का एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १२,४२१ कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएका छन्। कम्पनीले उक्त शेयर खरिदका लागि हालका संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै सूचना सार्वजनिक गरेको हो।कम्पनीका अनुसार संस्थापक शेयर बिक्रीका लागि आएको निवेदन सञ्चालक समितिमा पेश भई आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ। यसअनुसार हाल कायम रहेका संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिदका लागि आवेदन दिन सक्नेछन्।इच्छुक संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुर वा शेयर रजिस्ट्रार NMB Capital Markets Limited मार्फत आवेदन दिनुपर्नेछ। आवेदनमा खरिद गर्न चाहेको शेयर संख्या स्पष्ट उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन नपरेमा भने प्रचलित नियमअनुसार उक्त शेयर अन्य लगानीकर्तालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।




