·

चन्द्रागिरी हिल्स केबलकार नोक्सानीमा, तोडफोड र सेवा बन्दले आम्दानीमा ठूलो असर

Author

NEPSE TRADING

चन्द्रागिरी हिल्स केबलकार नोक्सानीमा, तोडफोड र सेवा बन्दले आम्दानीमा ठूलो असर

काठमाडौं — चन्द्रागिरी हिल्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमै नोक्सानीमा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा १ करोड २४ लाख रुपैयाँ नोक्सानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले नोक्सानीको प्रमुख कारण जेनजी आन्दोलनका क्रममा भदौ २४ गते चन्द्रागिरी परिसरमा भएको तोडफोड र आगजनी लाई बताएको छ। घटनापछि रिसोर्टलगायतका सेवा प्रभावित भए भने केबलकारको बटम स्टेसनमा भएको क्षतिको कारण करिब दुई महिना सेवा पूर्ण रूपमा बन्द गर्नु परेको थियो। सेवामै अवरोध आएपछि आम्दानीमा ठूलो गिरावट आएको कम्पनीको निष्कर्ष छ।

आम्दानीमा उल्लेख्य कमी

गत आर्थिक वर्षको पहिलो त्रैमासमा चन्द्रागिरी हिल्सको कुल आम्दानी १९ करोड ५८ लाख रुपैयाँ थियो।
चालु आर्थिक वर्षमा भने यो घटेर १३ करोड ८७ लाख रुपैयाँ मा सीमित भएको छ।
पर्यटक आगमनमा आएको कमी र सेवा बन्द रहनुले कम्पनीको प्रमुख आम्दानी स्रोतमा प्रत्यक्ष असर पारेको देखिन्छ।

वित्तीय लागतमा भने सुधार

बैंक ब्याजदर घटेकाले कम्पनीको वित्तीय लागतमा केही राहत मिलेको छ।
अघिल्लो वर्ष पहिलो त्रैमासमा वित्तीय लागत ४ करोड ४९ लाख रुपैयाँ रहेकोमा, यस वर्ष यो ३ करोड ४१ लाख रुपैयाँ मा झरेको छ।

तर आम्दानीमा आएको ठूलो गिरावटका कारण वित्तीय सुधारले समग्र नाफामा सकारात्मक प्रभाव पार्न सकेन।

EPS, नेटवर्थ र वित्तीय स्थिति

समीक्षा अवधिमा कम्पनीको—

  • प्रतिशेयर आम्दानी (EPS): –०.८१ रुपैयाँ

  • प्रतिशेयर नेटवर्थ: १०६.८० रुपैयाँ

  • चुक्ता पूँजी: १ अर्ब ५३ करोड रुपैयाँ

रहेको विवरणमा उल्लेख छ।

Related News