·

चिलिमे हाइड्रोपावरले १२% लाभांश घोषणा, पुस १७ गते बुक क्लोज

Author

NEPSE TRADING

चिलिमे हाइड्रोपावरले १२% लाभांश घोषणा, पुस १७ गते बुक क्लोज

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसअनुसार ८ प्रतिशत बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश वितरण गरिनेछ। पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव गरेको हो। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

Related News