·

मिथिला लघुवित्तले बोलायो १७औँ साधारण सभा, १४.२५% बोनससहित लाभांश प्रस्ताव पारित हुने

Author

NEPSE TRADING

मिथिला लघुवित्तले बोलायो १७औँ साधारण सभा, १४.२५% बोनससहित लाभांश प्रस्ताव पारित हुने

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। लघुवित्तले पुस ३० गते बुधबार, गौतम होटल बर्दिबास प्रा.लि.को सभाहल, मिथिला नगरपालिका–९, लालगढ, धनुषामा १७ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ, जुन बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालक तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश हुनेछन्। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सभामा सहभागिता जनाउन तथा घोषित लाभांश प्राप्त गर्न सक्नेछन्।

Related News