·

चिरख्वा हाइड्रोपावरले हकप्रद सेयर निष्काशन प्रस्तावसहित पुस २३ मा साधारण सभा बोलायो

Author

NEPSE TRADING

चिरख्वा हाइड्रोपावरले हकप्रद सेयर निष्काशन प्रस्तावसहित पुस २३ मा साधारण सभा बोलायो

चिरख्वा हाइड्रोपावर लिमिटेड (CKHL) ले पुस २३ गते, बुधबार, जोरपाटीस्थित कुण्डलिनी रोयल्समा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। बिहान १० बजे शुरु हुने सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत बराबर हकप्रद सेयर १ बराबर १ अनुपातमा निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै, हकप्रद निष्काशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, उपयुक्त आयोजना पहिचान गरी लगानी वा विकास गर्ने, कम्पनीको ऋण भुक्तानी व्यवस्थापन गर्ने तथा नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभाले छलफल गरी पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भइसकेका शेयरधनीहरू सभामा सहभागी हुन योग्य हुनेछन्।

Related News