·

माघमा घरजग्गा कारोबार सुधारिए पनि राजस्व सङ्कलनमा गिरावट

Author

Nepse trading

माघमा घरजग्गा कारोबार सुधारिए पनि राजस्व सङ्कलनमा गिरावट

गत माघ महिनामा देशभर घरजग्गा कारोबारमा सुधार देखिए पनि राजस्व सङ्कलनमा गिरावट आएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार रुपैयाँ मात्र राजस्व उठेको छ, जुन पुसमा सङ्कलित चार अर्ब २५ करोड २२ लाखभन्दा कम हो। यसअघि मङ्सिरमा तीन अर्ब ८७ करोड ४८ लाख राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको सात महिनामा कुल २४ अर्ब ७१ करोड राजस्व सङ्कलन भई अघिल्लो आर्थिक वर्षको तुलनामा लगभग १४ प्रतिशत वृद्धि देखिएको छ।

यस अवधिमा ४६ हजार ५०९ लिखत पारित भए भने पुसमा ४८ हजार १५६ लिखत पारित भएका थिए। काठमाडौँ उपत्यकाका मालपोत कार्यालयमध्ये लगनखेलले सबैभन्दा धेरै ३३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ। डिल्लीबजार, कलङ्की, चाबहिल र भक्तपुर मालपोत कार्यालयले समेत करोडौँ राजस्व उठाएका छन्।

Related News