·
शिखर इन्स्योरेन्सको लाभांश घोषणा, ६% बोनस शेयर र नगद लाभांश
Author
NEPSE TRADING

शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर तथा सो को कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। पुस १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश प्रस्ताव पारित गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ।


