·

दोर्दी खोला जलविद्युतको शेयरमूल्य समायोजन, ३४९.५० रुपैयाँ कायम

Author

Nepse trading

दोर्दी खोला जलविद्युतको शेयरमूल्य समायोजन, ३४९.५० रुपैयाँ कायम

फागुन १५, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दोर्दी खोला जलविद्युत कम्पनी (DORDI) को शेयरमूल्य समायोजन गरेको छ। १०० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बुकक्लोज गरेसँगै कम्पनीको शेयरमूल्य ३४९.५० रुपैयाँ कायम भएको हो। अघिल्लो कारोबार दिन मंगलबार शेयर प्रतिकित्ता ५९९ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

Related News