·

दोर्दी खोला जलविद्युतले पुस २१ गते साधारण सभा बोलायो, हकप्रद सेयर निष्कासन प्रस्ताव

Author

NEPSE TRADING

दोर्दी खोला जलविद्युतले पुस २१ गते साधारण सभा बोलायो, हकप्रद सेयर निष्कासन प्रस्ताव

काठमाडौं — दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा (एजीएम) आगामी पुस २१ गते आयोजना गर्ने भएको छ ।

कम्पनीले साधारण सभाका लागि बुक क्लोजर मिति पुस ७ गते तोकेको छ । सो मितिभन्दा अघिसम्म सेयर नामसारी भएका शेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन पारित, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन, साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समावेश गरिएको छ ।

यसका साथै, कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश गरिनेछ । उक्त प्रस्ताव पारित भएमा नियामक निकायको स्वीकृति पश्चात हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Related News