·

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमणले आगलागी

Author

NEPSETRADING

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमणले आगलागी
काठमाडौं: संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भएको ड्रोन आक्रमणपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी भएको छ। दुबई मिडिया अफिसका अनुसार सोमबार विमानस्थल नजिक रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगो लागेको हो। सिभिल डिफेन्सका टोलीहरू तत्काल घटनास्थलमा पुगेका थिए र आगो नियन्त्रणमा ल्याउन प्रयासरत छन्। अधिकारीहरूले घटनामा मानवीय क्षति नभएको जानकारी दिएका छन्। रोयटर्सले विमानस्थल नजिक दुईवटा ड्रोन खसेको उल्लेख गरेको छ।यस घटनापछि दुबई एयरपोर्टले ट्राभल एड्भाइजरी जारी गर्दै विमानका उडानहरू अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएको छ। फेब्रुअरी २८ देखि अमेरिका–इजरायल र इरानबीचको तनाव बढेसँगै खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमणहरू उल्लेखनीय रूपमा बढेका छन्। यस अवधिमा खाडी देशहरूले दुई हजारभन्दा बढी यस्ता आक्रमणको सामना गरेका छन्। अमेरिकी कूटनीतिक कार्यालय र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल, आवासीय तथा व्यावसायिक भवनहरू पनि यी आक्रमणको लक्ष्य भएका छन्। सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्य बनाएपछि यूएई सबैभन्दा बढी प्रभावित भएको बताइन्छ।

Related News