·

दूध पोखरी चेपे र संयुक्त ऊर्जाद्वारा आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन

Author

NEPSE TRADING

दूध पोखरी चेपे र संयुक्त ऊर्जाद्वारा आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन

काठमाडौं । दुई जलविद्युत कम्पनीहरूले प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन्। दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि शेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेका हुन्। बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावरले गत माघ २० गते १०० रुपैयाँ अंकित दरका २० लाख २० हजार कित्ता, अर्थात् २१ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति मागेको हो। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। त्यसैगरी संयुक्त ऊर्जा लिमिटेडले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता शेयर निष्कासनका लागि फागुन ५ गते बोर्डमा आवेदन दिएको छ। यस कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि दुवै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि र दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेका छन्।

Related News