·

दक्षिण कोरिया जाने इपिएस भाषा परीक्षा आजदेखि सुरू, पहिलो चरणमा उत्पादनतर्फका ६७ हजार परीक्षार्थी

Author

NEPSE TRADING

दक्षिण कोरिया जाने इपिएस भाषा परीक्षा आजदेखि सुरू, पहिलो चरणमा उत्पादनतर्फका ६७ हजार परीक्षार्थी

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षा सोमबार (मङ्सिर १) देखि सुरु गरेको छ। सन् २०२५ मा इपिएसमार्फत कोरिया जाने लक्ष्यका साथ आवेदन दिएका १ लाख २ हजार ५१५ जना मध्ये उत्पादन क्षेत्रका ६७ हजार परीक्षार्थी सोमबारदेखि परीक्षा दिन थालेका हुन्।

रोस्टरमा परेका युवाको अनुरोध बीच परीक्षा सञ्चालन

दक्षिण कोरिया जान रोस्टरमा परेका युवाहरूले आफूहरूलाई पहिले कोरिया पठाउनुपर्ने माग राख्दै भाषा परीक्षा स्थगित गर्न आग्रह गर्दै आएका थिए। तर, इपिएस शाखाले निर्धारित प्रक्रिया अनुसार उत्पादनमूलक क्षेत्रमा सहभागी ६७ हजार जनाको परीक्षा दुई महिनाभित्र सक्ने गरी अघि बढाएको छ।

नेपाल र दक्षिण कोरियाले भाषा परीक्षासम्बन्धी सूचना सोमबार एकैपटक सार्वजनिक गर्ने तयारी गरेका छन्।

पहिलो चरण उत्पादन क्षेत्र, दोस्रो चरण कृषि तथा पशुपालन

इपिएस शाखाका अनुसार कुल १ लाख २ हजार ५१५ परीक्षार्थी मध्ये पहिलो चरणमा उत्पादन क्षेत्रका युवालाई प्राथमिकता दिइएको छ।
कृषि तथा पशुपालनतर्फका ३५ हजार परीक्षार्थीका लागि भने अर्को मिति तय गर्ने तयारी भइरहेको छ।

कोरियाली कोटा गुम्न सक्ने जोखिम

दक्षिण कोरियाले हाल १७ इपिएस सदस्य मुलुकमध्ये सबैभन्दा धेरै नेपाली श्रमिक लैजाने तयारी गरिरहेको छ। तर नेपालमा भाषा परीक्षा ढिलाइ भइरहेमा कोरियाले नेपाललाई दिँदै आएको कोटा अन्य देशमा सारिने जोखिम रहेको इपिएस शाखाले जनाएको छ।

Related News