कर्णालीमा पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा, औद्योगिक विकासलाई गति
Author
NEPSE TRADING

काठमाडौँ, माघ १९ — नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ। कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्ड सञ्चालनमा आएसँगै कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रणालीमा गुणात्मक सुधार आएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ले यसअघि ३३ केभी प्रसारण लाइनमार्फत आपूर्ति हुँदा देखिँदै आएको ओभरलोड, बारम्बार बत्ती जाने र लो–भोल्टेजका समस्यामा अब उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे। नयाँ प्रसारण लाइन सञ्चालनसँगै कर्णालीमा ठूला उद्योग–धन्दा सुरु हुने र औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेर प्रदेशको आर्थिक वृद्धिमा टेवा पुग्ने उनको भनाइ छ।
पुसकोतेस्रोसातास्थलगतअवलोकनपछिठेकेदारकम्पनीलाईकामछिटोसम्पन्नगर्ननिर्देशनदिइएकोथियो।आयोजनाकाप्रमुखरविकुमारचौधरीकाअनुसारकरिब५२किलोमिटरलामोकोहलपुर–सुर्खेतखण्डतोकिएकोसमयभित्रसम्पन्नगरिएकोहो।अबदोस्रोखण्डसुर्खेत–दैलेखकोकामपनितीव्रगतिमाअघिबढ्नेप्राधिकरणलेजनाएकोछ।



