·

‘गरिमा सुवर्ण योजना’को आवेदन म्याद चैत १२ सम्म थपियो

Author

NEPSE TRADING

‘गरिमा सुवर्ण योजना’को आवेदन म्याद चैत १२ सम्म थपियो
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले “गरिमा सुवर्ण योजना” नामक म्युचुअल फन्ड योजनामा आवेदन दिने म्याद चैत १२ गतेसम्म थप गरेको छ। उक्त योजना फागुन २८ गतेदेखि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि खुला गरिएको थियो र सुरुमा चैत २ गतेसम्म मात्र आवेदन दिने समय तोकिएको थियो। तर पर्याप्त आवेदन नपरेकाले आवेदन म्याद बढाइएको कम्पनीले जनाएको छ।यो योजनाअन्तर्गत कुल १० करोड इकाइ युनिट सेयरमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ आरक्षित गरिएको छ। जसमा योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडका लागि ६० लाख इकाइ (६ प्रतिशत) र फन्ड प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेडका लागि ९० लाख इकाइ (९ प्रतिशत) छुट्याइएको छ।पहिलो चरणमा ५ करोड इकाइ अर्थात् ५० करोड रुपैयाँ बराबरको युनिट सेयर बिक्रीका लागि खुला गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाइ अर्थात् ३५ करोड रुपैयाँ बराबरको युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि जारी गरिनेछ।यो योजना खुला–अन्त्य (ओपन–एन्डेड) प्रकृतिको म्युचुअल फन्ड भएकाले बाँकी इकाइहरू योजना व्यवस्थापकले सामूहिक लगानी कोष नियमावलीअनुसार निर्धारण गर्ने वितरण प्रणालीमार्फत निरन्तर खरिद–बिक्रीका लागि उपलब्ध गराइनेछ।सिडिएससीका अनुसार हालसम्म ६२ हजार ६१५ जना आवेदकले ७ करोड ८ लाख २७ हजार ४९० इकाइका लागि आवेदन दिएका छन्, जसको मूल्य करिब ७० करोड ८२ लाख रुपैयाँ बराबर रहेको छ।उक्त योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

Related News