साधारण कर्जा नोक्सानी १ प्रतिशत मात्र
Author
Nepse trading

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनअनुसार विभिन्न क्षेत्रमा प्रदान गरिने कर्जाको साधारण कर्जा नोक्सानी व्यवस्थामा परिवर्तन गरिएको छ।
फलफूलखेतीका लागि कर्जा
व्यावसायिक रूपमा गरिने फलफूलखेती (जस्तै: आँप, सुन्तला, जुनार, किबी, ड्रागन फ्रुट, एभोकाडो आदि) र रेशम, जुट, कपास खेतीका लागि लिइने कर्जामा अब १% मात्र साधारण कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने।
चार वर्षको ग्रेस अवधि भएका कर्जामा
पहिलो वर्ष: ०.२५%
दोस्रो वर्ष: ०.५०%
तेस्रो वर्ष: ०.७५%
चौथो वर्ष: १%
ऊर्जा र पूर्वाधार परियोजना
एक वर्षभन्दा बढी ग्रेस अवधि भएका ऊर्जा र पूर्वाधार परियोजनाको असल कर्जामा प्रत्येक वर्ष समानुपातिक रूपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १% मात्र साधारण कर्जा नोक्सानी कायम गर्न सकिने।
यसअघि यस्तो कर्जाको नोक्सानी व्यवस्था १.१०% थियो।
उत्पादन क्षमता विस्तार सुनिश्चित परियोजना
कर्जा प्रवाह भएका परियोजनाको उत्पादन क्षमता विस्तार हुने सुनिश्चित भएमा पनि १% मात्र कर्जा नोक्सानी व्यवस्था लागू।
राष्ट्रिय प्राथमिकता परियोजना
जलविद्युत्, केबलकार, सिमेन्ट, तारे होटल जस्ता पूर्वाधार परियोजनाको पुनःतालिका वा पुनःसंरचना गरेमा १% मात्र कर्जा नोक्सानी व्यवस्था गर्न सकिने।
सवारीसाधन कर्जा
सवारीसाधन खरिदका लागि ऋण मूल्य अनुपात (Loan-to-Value Ratio) ६०% मात्र कायम गर्नुपर्ने।
यसमा विद्युतीय सवारीसाधन र निजी प्रयोजनका अन्य सवारीसाधन समावेश।
यसअघि व्यक्तिगत सवारीका लागि ५०% र विद्युतीय सवारीका लागि ८०% सम्म कर्जा पाइने व्यवस्था थियो।
राष्ट्र बैंकको यो निर्देशनले कृषि, फलफूलखेती, ऊर्जा, र पूर्वाधार क्षेत्रमा लगानी प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। साथै, सवारीसाधन कर्जामा कडाइ गर्दै जोखिम व्यवस्थापनमा ध्यान दिएको देखिन्छ।