सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, तेस्रो दिन पनि ओरालो
Author
NEPSE TRADING

बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा फेरि गिरावट आएको छ। सुनको मूल्य एकै दिन प्रतितोला १ हजार ४ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले ओरालो लागेको हो। यससँगै सुन र चाँदीको मूल्य लगातार तेस्रो दिन पनि भारी गिरावटको क्रममा देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो तीन दिनदेखि अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको देखिन्छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिद–बिक्री भएको थियो। मूल्यमा आएको निरन्तर गिरावटले सुनचाँदी बजारमा कारोबारको गति समेत प्रभावित भएको व्यवसायीहरू बताउँछन्।


