·
सुन र चाँदीको मूल्यमा निरन्तर उच्च वृद्धि, दुवै बहुमूल्य धातु महँगिए
Author
NEPSE TRADING

पुस २२ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उच्च वृद्धि देखिएको छ। आज सुनको मूल्य एकै दिन प्रतितोला ३ हजार १०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले वृद्धि भई ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला दुई दिनदेखि दुवै बहुमूल्य धातुको मूल्य लगातार उकालो लागिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो।


