·
नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार दोस्रो दिन उकालो
Author
NEPSE TRADING

चैत २५ गते बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। यस दिन सुनको मूल्य प्रतितोला ७,२०० रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन मंगलबार २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला २०४ रुपैयाँले बढेर ५,०२५ रुपैयाँ पुगेको छ, जुन मंगलबार ४,८२० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनचाँदीको मूल्य लगातार दोस्रो दिन बढेको हो, जसले बजारमा थप चासो बढाएको छ ।



