·

सुन–चाँदी दुबैको मूल्य घट्यो, आज कति पुगेको छ ?

Author

NEPSE TRADING

सुन–चाँदी दुबैको मूल्य घट्यो, आज कति पुगेको छ ?

मंसिर १८ गते, बिहीबार— नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर ३ हजार ६२५ रुपैयाँमा पुगेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो। लगातार मूल्य उतार–चढाव भइरहेका बेला आज सुन–चाँदी दुवै धातुको मूल्यमा गिरावट देखिएको छ।

Related News