·
नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो
Author
NEPSETRADING

चैत ५ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको ३ लाख ७ हजार ७०० रुपैयाँको मूल्यभन्दा ५ हजार ४०० रुपैयाँले कम हो। सुनको मूल्य पछिल्ला दुई दिनदेखि निरन्तर घट्ने क्रममा छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ र आज प्रतितोला ५ हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, बुधबारको ५ हजार १५० रुपैयाँको मूल्यको तुलनामा १४० रुपैयाँ कम भएको छ।



