·
सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड बनायो
Author
NEPSE TRADING

पुस ११ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य फेरि बढ्दै नयाँ रेकर्ड कायम भएको छ। यस दिन सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि पुस ९ गते कायम भएको रेकर्डलाई शुक्रबारको मूल्यले तोडेको हो। बिहीबार भने सुनको मूल्य घटेर प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि शुक्रबार तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५६५ रुपैयाँ पुगेको छ, जसले पुस ९ गतेको उच्च स्तरलाई ब्रेक गरेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।


