·
सुनको मूल्यमा निरन्तर वृद्धि
Author
NEPSE TRADING

साउन ४ गते, २०८२, आईतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख ९३ हजार ३०० रुपैयाँ पुगेको छ। गत शुक्रबार यो मूल्य प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँ थियो।
योसँगै पछिल्ला चार दिनदेखि सुनको मूल्य लगातार वृद्धि हुँदै आएको छ।
साथै, चाँदीको मूल्य पनि आज प्रतितोला ५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन गत शुक्रबार दुई हजार २८० रुपैयाँ थियो।