·

सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदीले पनि बनायो नयाँ रेकर्ड

Author

NEPSE TRADING

सुनको मूल्य तोलाकै ३ लाख नाघ्यो, चाँदीले पनि बनायो नयाँ रेकर्ड

माघ ९ गते, शुक्रबार, नेपाली बजारमा सुन तथा चाँदीको मूल्यले ऐतिहासिक उचाइ बनाएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र लगानीकर्ताको सुरक्षित सम्पत्तिप्रतिको आकर्षणका कारण सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघ्दै नयाँ रेकर्ड कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ९ हजार २०० रुपैयाँले बढी हो। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यले पनि नयाँ इतिहास रचेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा २७० रुपैयाँले बढेर प्रतितोला ६ हजार १९० रुपैयाँ पुगेको छ। यसले माघ ६ गते कायम ५ हजार ८८० रुपैयाँको अघिल्लो उच्च स्तरलाई समेत पार गरेको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो। सुन–चाँदी दुवैको मूल्य एकै दिन उच्चतम विन्दुमा पुग्नुले नेपाली बजारमा बहुमूल्य धातुको आकर्षण झनै बढेको संकेत गरेको छ।

Related News