·
सुन स्थिर, चाँदीको मूल्यमा गिरावट
Author
NEPSE TRADING

असार ३१ गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको मूल्यसँग समान हो। गत आइतबार भने सो सुन प्रतितोला १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसैदिन चाँदीको मूल्यमा भने उल्लेखनीय गिरावट आएको छ। सोमबार प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४० रुपैयाँ घटेर २ हजार २७५ रुपैयाँमा झरेको छ। सोमबारको मूल्य चाँदीको इतिहासमै सर्वाधिक उच्च मूल्य थियो।