·

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

Author

NEPSE TRADING

सुनको मूल्य बढ्यो, चाँदीको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

पुस ३ गते बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ। यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो दिन बुधबार प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनदेखि चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउँदै उकालो लागिरहेको छ।

Related News