·

नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो

Author

NEPSE TRADING

नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो

माघ ४ गते, आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन प्रतितोला २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने घटेर प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ६४५ रुपैयाँ रहेको थियो।

Related News