·

सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने

Author

NEPSE TRADING

सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने

नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने घोषणा गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय अन्तर्गत अर्थ मन्त्रालयले 'विकास ऋणपत्र २०९१' नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो।

कार्यालयले मङ्गलवार सूचना जारी गर्दै यस ऋणपत्रको खरिदका लागि माघ १४ गते बुधवार बोलकबोल खुला हुने जानकारी दिएको छ। ऋणपत्रको निष्कासन मिति २०८२ माघ १५ गते बिहीबार तय गरिएको छ र साँवा भुक्तानी २०९१ साल माघ १५ गते हुनेछ। ब्याजदर भने बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ।

ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ र यसमा नियमानुसार आयकर लाग्ने छ।

यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले आवेदन दिन सक्नेछन्। कुल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ८५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलवालाहरूका लागि र बाँकी १५ प्रतिशत अर्थात् १५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलवालाहरूका लागि छुट्टाइएको छ।

यस ऋणपत्रलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने व्यवस्था पनि गरिएको छ।

यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र डीओएमएस प्रणाली मार्फत हुनेछ। इच्छुक खरिदकर्ताले माघ १४ गते बुधवार बिहान १० बजेदेखि अपराह्न २ बजेभित्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणाली https://doms.gov.np/csd/MainTree.do मार्फत बोलकबोल पेस गर्नुपर्नेछ।

Related News